समाचारशनिबार, चैत्र १७, २०६९

चुनावबाट कोही पनि नभागोसः रेग्मी

हिमालखबर

१७ चैतमा रिपोर्टर्स क्ल्बले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नेकपा–माओवादी सहित आन्दोलनमा रहेका दलहरुलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

सरकार सबै दलहरुलाई समेटेर निष्पक्ष चुनाव गराउन प्रतिवद्ध रहेको भन्दै रेग्मीले निर्वाचनबाट कुनै दल पनि भाग्न नहुनेमा जोड दिए । सरकार संविधानसभाको चुनावको तयारीमा होमिसकेको र तोकिएको मितिमै चुनाव गराउने रेग्मीको दाबी छ ।

“चुनावबाटै लोकतन्त्र प्राप्त हुन्छ,” अध्यक्ष रेग्मीले भने, “म सबै दल र नागरिकहरुलाई चुनावमा भाग लिएर संविधानसभाको चुनाव सफल पार्न आग्रह गर्दछु ।”

उनले संवैधानिक निकायहरुमा नियुक्ति र चुनावका लागि चाहिने कानूनको संसोधनमा सरकार लागि सकेको भन्दै केही दिनमा चुनावको मिति घोषण हुने पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>