थप समाचारआइतबार, चैत्र १८, २०६९

जिल्ला प्रहरी कार्यालयमा बम

हिमालखबर

पाँच दिनअघि डोजर लगाउने क्रममा भेटिएको सो बमलाई १७ चैतमा सेनाको फष्ट राइफल गणको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको हो ।

दशवर्षे सशस्त्र युद्धको समयमा प्रहरी कार्यालय सुरक्षाको लागि बिछ्याइएको बम युद्ध सकिए पनि थाहा नै नभएकाले ननिकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

प्रहरी परिसरमा डोजर लगाएर सम्याउने क्रममा भेटिएको बमलाई चार दिनको अध्ययनपछि सेनाले हिजो मध्यान्ह् निस्क्रिय बनाएको हो ।

जमिनमुनीको बम विस्फोट भएको भए जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई नै ठूलो क्षति हुने सम्भावना रहेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटको प्रहरी प्रमुखको कार्यकक्ष र बम भेटिएको स्थान केही मिटरको दुरीमा मात्र पर्दछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>