समाचारआइतबार, चैत्र १८, २०६९
असारमा चुनाव गर्ने सहमति भएकै होइनः गगन थापा
नेविसंघले नवलपरासीको वर्दघाटमा १८ चैतमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता गगन थापाले खिलराज रेग्मीको सरकार गठनलगायतका सहमति गर्दा असारमा निर्वाचन गर्ने सहमति नगरेको बताएका छन् ।
असारमा कसैले पनि चुनाव होस् भन्ने नचाहेकाले पनि संविधानसभाको चुनाव असारमा हुनै नसक्ने नेता थापाले ठोकुवा गरे ।
सविधानसभाको निर्वाचनको विकल्प नरहेको भन्दै नेता थापाले निवार्चित सविधानसभाबाट सविधान बन्न नसकेर फेरि पनि असफल भयो भने त्योभन्दा खतरा अरु केही नहुने बताए ।
सविधानसभाको निवार्चन महत्वपूर्ण भए पनि यसलाई सफल पार्नु सवैभन्दा ठूलो चुृनौती रहेको थापाको भनाइ छ ।
