समाचारआइतबार, चैत्र १८, २०६९

निर्वाचन विथोल्ने ३३ दलको निर्णय

हिमालखबर

१८ चैतमा काठमाडौंमा बसेको नेकपा–माओवादीलगायतका ३३ सानादलहरुको बैठकले आफूहरुका माग पूरा नभएसम्ममा वर्तमान सरकारसँग वार्ता नगर्ने र निर्वाचन पनि हुन नदिने निर्णय गरेको छ ।

नेकपा–माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकले सरकारले वार्ताको लागि गरेको आह्वानलाई नौटंकीको संज्ञा दिएको छ भने खिलराज रेग्मी नेतृत्वको सरकारको कुनै हैसियत नभएकाले वार्ता नगर्ने निर्णय गरेको माओवादी सचिव देव गुरुङले जानकारी दिए ।

मतदाता नामावली संकलन कार्य रोक्न निर्वाचन कार्यालयमा १९ चैतमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको गुरुङले बताए । बैठकले रेग्मी अध्यक्ष रेहेको अन्तरिम चुनावी मन्त्रिपरिषद् भङ्ग गर्नुपर्ने माग गरेको छ ।

१ चैतमा चार दलहरुले गरेको सहमति खारेज नभएसम्म वार्तामा नबस्ने सचिव गुरुङले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>