समाचारसोमबार, चैत्र १९, २०६९

महासेनानी पदमा गरिएको बढुवा रोक्न आदेश

हिमालखबर

सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्रलालको एकल इजलासले जारी गरेको आदेशमा १४ फागुनको बढुवा समितिको निर्णय जुन अवस्थामा छ त्यसलाई यथास्थितिमा राखी दुवै पक्षलाई आगामी २२ चैतमा छलफलका लागि उपस्थित हुन भनिएको छ ।

संशोधित सैनिक सेवा नियमावली विपरीत महासेनानी पदमा १६ प्रमुख सेनानीलाई बढुवा गरिएको भन्दै असन्तुष्ट आठ प्रमुख सेनानीले ४ चैतमा सर्वोच्चमा निवेदन दर्ता दर्ता गराएका थिए ।

प्रमुख सेनानीहरू सम्पतकुमार अर्याल, रमेश थापा, चन्द्रबहादुर पुनमगर, राजेन्द्रजङ्ग खत्री, रामजी थापा, सुरेन्द्र घर्ती, प्रकाश पोखरेल र जीवन बस्न्यातले संयुक्तरूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, नेपाली सेनाको कार्यालय र बढुवा समिति विरुद्ध सो रिट दर्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>