समाचारसोमबार, चैत्र १९, २०६९

आयोगद्वारा मतदाता नामावली सङ्कलन स्थगित

हिमालखबर

निर्वाचन आयोगका पदाधिकरीहरूको १९ चैतमा बसेको बैठकले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई पुनः संरचना गरेर मात्रै निरन्तरता दिने भन्दै केही समयका लागि स्थगित गरेको छ ।

गृह मन्त्रालयबाट वैशाखको पहिलो साता मतदाता नामावली सङ्कलनका लागि आवश्यक मानिएको नागरिकता वितरण कार्य हुने भएकाले नागरिकता वितरण कार्य सँगसँगै समन्वय गरेर नामावली सङ्कलन कार्य गरिने निर्वाचन आयोगका आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए ।

निर्वाचनसँग सम्बन्धित कतिपय कानुनहरू संशोधन र परिमार्जन गर्ने कार्य अन्तिम चरणमा पुगेकाले त्यसका आधारमा मात्र मतदाता नामावली सङ्कलन कार्य अगाडि बढाउँदा उपयुक्त र व्यवहारिक हुन्छ भन्ने ठहरका साथ मतदाता नामावली सङ्कलन कार्य हालका लागि स्थगित गरिएको र केही समयमै पुनः संरचना गरेर निरन्तरता दिने निर्णय भएको आयोगका सहसचिव मधु रेग्मीले बताए ।

आजै नेकपा–माओवादीलगायतका साना ३३ राजनीतिक दलले अहिलेकै हालतमा निर्वाचनमा आफूहरू सहभागी हुन नसक्ने भन्दै मतदाता नामावली संकलन कार्य रोक्न प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुले आयोगले मतदाता नामावली संकलन कार्य जारी राखे आफूहरुले त्यसको प्रतिरोध गर्ने र सम्पूर्ण जिम्मेवारी आयोगले नै लिनुपर्ने चेतावनीसमेत दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>