समाचारमंगलबार, चैत्र २०, २०६९

नेपाल फाइनलमा, युएइलाई ६ विकेटले हरायो

हिमालखबर

यो जितसंगै नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल २१ चैतमा नेपाल र अफगानिस्ताबीच हुनेछ ।

निकै प्रतिष्पर्धापूर्ण भएको खेलको अन्त्यतिर  नेपाललाई ७ बलमा ९ रन चाहिएको बेला बिनोद भण्डारीले २ छक्का हानेर नेपाली टोलीलाई फाइनलको बाटो देखाए ।

प्रदीप ऐरीको सर्वाधिक ५८ रनको मद्धतले प्रतियोगिताकै दाबेदार टिम मानिएको युएईलाई हराउन नेपाल सफल भयो । खेलमा कप्तान पारस खड्का र विनोद भण्डारीको जोडीले राम्रो प्रदर्शन गरे।

—————————————————

नेपाललाई १३४ रनको चुनौति

एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटको सेमिफाइनल खेलमा युएईले नेपाल सामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ् रोजेको युएइले नेपालसामू १३४ रनको लक्ष्य प्रस्तु गरेको थियो ।

किर्तिपुरमा जारी एसीसी कप क्रिकेट अन्गर्तत २० चैतमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको छ ।

नेपालका लागि पृथु बास्कोटाले ३ विकेट लिए । बसन्त रेग्मी र शक्ति गौचनले २ २ र सञ्जम रेग्मीले एक विकेट लिएका थिए ।

युएईका स्वप्निल पटेलले ३७ रन बनाए भने मोहम्मद आजमले अविजित २४ रन बनाए ।
आजै विहान भएको खेलमा अफगानिस्तानले हङकङलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>