थप समाचारमंगलबार, चैत्र २०, २०६९
दाङमा बस र ट्रक जुध्दा १५ घाइते
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार, घोराहीबाट बुटवल तर्फ गइरहेको लु १ ख ४१०७ नम्बरको बस र घोराही तर्फ आइरहेको ना २ ख ८३२४ नम्बरको ट्रक दाङ्गको कुइरेपानी भन्ने ठाउंमा एकआपसमा ठोक्किएका थिए ।
घाइते यात्रुहरुको उद्धार गरी उपचारका लागि केहीलाई नेपालगन्ज लगिएको छ भने केहीकोे घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका बसका चालक बस कुच्चिंदा च्यापीएका छन् ।
