समाचारमंगलबार, चैत्र २०, २०६९
चुनावी गठबन्धनको तयारी हुँदैछः राणा
२० चैतमा रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष राणाले चुनावी गठबन्धनका लागि कांग्रेस र एमालेसँग छलफल शुरु भएको जानकारी दिएका छन् ।
अध्यक्ष राणाले लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गरी चुनावमा जाने हो भने आगामी संविधानसभामा लोकतान्त्रिक संविधान निर्माणमा सहज हुने पनि बताए ।
असारमा चुनाव हुँदैन
नेता राणाले असारमा कुनै हालतमा पनि चुनाव हुन नसक्ने भन्दै अहिलेकै जस्तो गति हुने हो भने मंसीरमा पनि चुनाव हुनेमा आशंका रहेको दाबी गरे ।
राणाले आफूहरुले गणतन्त्रलाई स्वीकार गरिसकेको अवस्थामा राप्रपा नेपालसँग एकता हुन नसक्ने बताए । उनले धर्म निरपेक्षताका बारेमा भने राप्रपा नेपालसँग समान धारणा रहेको बताएका थिए ।
