थप समाचारबुधबार, चैत्र २१, २०६९

कपास उद्योगमा भीषण आगलगी

हिमालखबर

सर्लाहीको लालबन्दीमा रहको कपास उद्योगमा २० चैत अपरान्ह भएको आगलागी नेपाली सेनाले अढाई घण्टाको प्रयासपछि निभाएको छ । आगलागीवाट उद्योगमा ठूलो नोक्सानी भएको छ ।

उद्योगका कामदारका अनुसार बच्चाले पटाका पड्काउँदा कपासमा आगो सल्किएको हो ।

जिल्लामा एउटै दमकल नभएकाले आगो नियन्त्रणमा लिन कठिनाई भएको थियो । सर्लाहीको नवलपुरस्थित रिपूमर्दन गणबाट आएको सेनाको टोलीले आगोमा माटो र वालुवा हाल्दै आगो नियन्त्रणमा लिने बिधि प्रयोग गरेको थियो ।

उद्योग भित्र ठूलो परिमाणमा कपास राखिएकोले आगोले विभत्स रुप लिएको थियो । कपास उद्योग नजिकै भुदेव खाद्य उद्योगमा समेत आगो फैलने सक्ने सम्भावनालाई असफल पार्न सेना सफल रह्यो ।

लालबन्दी प्रहरी चौकीका प्रमुख दिपक केसीले आगो नियन्त्रणमा आएको बताउँदै उद्योगका सबै सामान जलेको जानकारी दिए । आगलगीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>