समाचारबुधबार, चैत्र २१, २०६९

पाल्पामा ५२३ थान अबैध बन्दुक संकलन

हिमालखबर

पाल्पाबाट प्रहरीले एकमहिनाको अवधिमा स‌ंकलन गरेका अवैध हतियारहरु पत्रकार सम्मेल गरी सार्वजनिक गरेको छ । तस्बीर: देब पचभैया, पाल्पा

पाल्पा प्रहरीले २१ चैतमा तानसेनमा पत्रकार सम्मेलन गरी एक महिनाअघि देखि संकलन गरिएका ५२३ थान भरुवा बन्दुक, ३६ थान ह्याण्ड ग्रिनेड र एक थान सकेट बम सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुबाछ घरदैलो अभियान गरी हतियार संकलन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख, प्रहरी नायब उपरीक्षक स्थानेश्वर रेग्मीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नवराज बरालले देशभरमै सबैभन्दा बढी अवैध हतियार पाल्पाबाटै संकलन भएको दाबी गरे ।
बढी हतियार संकलन गर्ने प्रहरी चौकीहरुलाई पुरस्कृत गरिने प्रहरी प्रमुख रेग्मीले बताएका छन् ।

अझै पनि गाउँ गाउँमा अबैध हतियार रहेको जानकारी प्राप्त भएकाले अब एक महिनाभित्रै आफूसँग रहेका अबैध हतियार प्रहरीलाई बुझाउन पनी जिल्ला प्रहरीले आग्रह गरेको छ ।
देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>