समाचारबुधबार, चैत्र २१, २०६९
चुनावको मितिबारे साझा निर्णय गरः रेग्मी
२१ चैत विहान एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संविधानसभा चुनावका विषयमा छलफल गरेका छन् ।
चुनावको मिति घोषणा, त्यसका लागि सरकारले गरेको तयारीका विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले चासो राखेपछि अध्यक्ष रेग्मीले राजनीतिक समितिको बैठक बसेर चुनावको मितिका विषयमा साझा निर्णय गर्न आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
निर्वाचनको मिति घोषणा नगरेको विषयमा एमाओवादी सरकारसँग असन्तुष्ट रहेको समाचार आइरहेका बेला अध्यक्ष दाहालसँग रेग्मीले एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु सम्मिलित राजनीतिक समितिले निर्वाचनको मितिका बारेमा सुझाव दिन आग्रह गरेका हुन्
