थप समाचारबुधबार, चैत्र २१, २०६९

कोशी अञ्चल अस्पतालमा तनाव

हिमालखबर

उपचारका क्रममा विरामीको मृत्यु भएपछि कोशी अञ्चल अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् । तस्बीर: कमल रिमाल, विराटनगर

कोशी अञ्चल अस्पताल विराटनगरमा एपेन्डिक्सको शल्यक्रिया गरेका बिरामी २७ वर्षीय हेमनारायण यादवको २० चैतमा मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

मृतकको शव नउठाई प्रर्दशनकारीले अस्पतालको मुल गेटमा टायर बालेर प्रर्दशन गरेका छन् । सुरक्षाका कारण अस्पतालका दुबै तर्फका गेट बन्द गरिएकाले बिरामीलाई ल्याउन लैजान समस्या भएको छ । अस्पताल र चिकित्सकको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीका एक सय ५० जति सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रर्दशनकारीहरुले अस्पतालमा परिषरमा रहेको ‘अधिकारी ल्याव’मा तोडफोड गरेपछि त्यसको बिरोधमा अस्पताल आसपासका सबै औषधि पसल बन्द गरिएको छ ।

अस्पतालका चिकित्सक नारायण बस्नेतको क्लिनीक घेर्न गएका मृतकका आफन्तले नजिकैको ल्याब खुल्ला देखेर तोडफोड गरेका थिए । मृतकका आफन्तले २० चैत राति १२ बजेसम्म चिकित्सकहरुलाई अस्पताल कार्यालयमा थुनेर राखेका थिए ।
कमल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>