थप समाचारबुधबार, चैत्र २१, २०६९

ठगिए स्वयमसेविका

हिमालखबर

मातृशिशु मृत्युदर न्युनिकरणमा स्वास्थ्य स्वयमसेविकाहरुको अहम भूमिका छ । फाइल तस्बीर

पर्साको सीर्सिया खल्वाटोलास्थित इलाका हेल्थ पोष्टका प्रमुखले स्वास्थ्य स्वयम सेविकाको खाजा भत्ता आफैंले खाएको स्वयमसेविकाहरुले बताएका छन् ।

यस्तो समस्या सिर्सियाको मात्रै नभएर मुलुकका अधिकांश क्षेत्रका स्वास्थ्य स्वयमसेविकाहरुको हो । पोलियो थोपा ख्वाउनेदेखि सुरक्षित मातृत्वका लागि चेतनाको विस्तारसम्म र सरकारका स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु घरघरसम्म पुर्याउनमा स्वास्थ्य स्वयमसेविकाकै भूमिका रहन्छ ।

सिर्सिया हेल्थपोष्टका प्रमुख अमृत भगतले स्वास्थ्य स्वयमसेविकाहरुका लागि दिने खाजा भत्ताको रकम नदिई आफैंले लिएको स्वयमसेविकाहरुले आरोप लगाएका छन् ।

स्थास्थ्य स्वयम सेविकाहरुले बैठकका बेला पाउने दैनिक सय रुपैयाँ भत्तामा भगतले ६५ रुपैयाँ आफैंले राखेर ३५ रुपैयाँ मात्रै दिने गरेको सिर्सिया खल्वाटोलाका स्वास्थ्य स्वयमसेविकाले बताए ।

हेल्थपोष्ट प्रमुख भगतले विगत केहि समयदेखि इलाका हेल्थपोष्ट व्यवस्थापन समितिको बैठक पनि नवोलाएर एक्लौटी ढंगले काम गर्दै आएको उनीहरुको दाबी छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>