थप समाचारबुधबार, चैत्र २१, २०६९

डुंगा पल्टिंदा दुई बालिकाको मृत्यु, तीन वेपत्ता

हिमालखबर

फाइल तस्बीर: बेगनास ताल ।

२१ चैतमा पिकनिक गएका बेला  डुंगामा ताल घुम्न गएका  पोखरा रामबजारका दुई बर्षीया इविना गुरुङ, तीन बर्षीया अनुष्का गुरुङको मृत्यु भएको छ भने रामबजारकै अन्दाजी २४ बर्षीय प्रकाश गुरुङ, २४ बर्षीया सुष्मा गुरुङ र २८ बर्षीया पुष्पा गुरुङ वेपत्ता भएको प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी निरीक्षक बिमल उपाध्यायले बताएका छन् ।

तालबाट उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गर्दा उनीहरुको बाटोमा नै मृत्यु भएको हो ।

तीन बजे एक्कासी हावाहुरीसहित पानी परेको समयमा बेगनासको माझी्कुना भन्ने स्थानमा डुंगा पल्टिएको थियो । सकुसल पानीबाट उत्रनेमा ३० बर्षीय रीता गुरुङ, ९ बर्षीय एनकुमार गुरुङ र १३ बर्षीया सिम्रन गुरुङ छन् ।

पोखरा रामबजारका १२ जना पिकनीकका लागि बेगनास गएका थिए । डुंगामा सवार एक जनाले मात्र लाइफ ज्याकेट लगाएका थिए । तालमा बेपत्ता भएकाको खोजी भइरहेको छ ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>