थप समाचारबिहीबार, चैत्र २२, २०६९
तीस घण्टापछि अस्पतालबाट शव उठाइयो
कोशी अञ्चल अस्पताल र मृतक हेमनारायण यादवका परिवारबीच २१ चैत राति सहमति भएपछि अस्पतालको बेडमै रहेको यादवको शव परिवारले ३० घण्टापछि बुझेको छ ।
एपेन्डिक्सको शल्यक्रिया गरेका बिरामी हेमनारायण यादवको २० चैतमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै लगातार प्रदर्शन गर्दै आएका थिए ।
मृतककी श्रीमतीलाई अस्पतलमा जागिर दिने, तीन छोराछोरीलाई निःशुल्क उपचार र १२ कक्षासम्म पढाउने साथै पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिने सहमति भएको मृतकका आफन्त राजकुमार यादवले बताए ।
क्षतिपूर्ति र जागिरका विषयमा भने मन्त्रालयमा कुरा अगाडि बढाउने सहमति भएको बताइएको छ ।
कमल रिमाल/विराटनगर
