थप समाचारशुक्रबार, चैत्र २३, २०६९
भ्रष्ट्रचार गरेको आरोपमा डाक्टरलाई पक्राउ पुर्जी
नारायणी उपक्षेत्रीय अस्पतालमा काजमा खटिएका बेला मेसु डा झाले अनियमितताको गरेको भन्दै क्षेत्रीय प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । अनियमित तरिकाले कर्मचारी भर्ना गरेको र बजेट दुरुपयोग गरेको आरोपमा अनुसन्धान गर्न क्षेत्रीय प्रशासन कार्यालयको अख्तियार इकाइले पक्राउ पूर्जी जारी गरेको हो ।
मेसु झाले अस्पतालमा अनयिमित तरिकाले विभिन्न मितिमा ४२ जना कर्मचारी नियुक्ति गरेको आरोप लागेको छ । हाल रौतहटको गौर अस्पतालमा कार्यरत डा. अखिलेश सिंह माथि रौतहटमा पनि लामखुट्टे प्रतिरोधक झुल वितरणमा अनियमितता गरेको आरोप छ ।
अली असगर, बीरगञ्ज
