समाचारशनिबार, चैत्र २४, २०६९
डडेलधुरामा आगलागी, डेढ करोडको क्षति
स्थानीय राजु पाठकको कम्पनी गोदाममा २४ चैत बिहान आगोलाग्दो १ करोड ४६ लाख रुपैयाँ बरावरको मालसामान जलेर नष्ट भएको र गोदाम राखिएको घरमा २० लाख बरावर क्षति भएको प्रहरीले जनाएको छ ।
गोदाममा बालीएको अगरवत्तीबाट सल्केको आगोे करिव तीन घण्टापछि प्रहरी र स्थानीय बासीन्दाको प्रयासमा नियन्त्रणमा आएको हो । जिल्लामा दमकलको सुविधा नभएका कारण आगलागी नियन्त्रणमा आउन बढी समय लागेको थियो ।
आगो नियन्त्रणका लागि खानेपानीका करिब १ दर्जन मुलपाईपहरुबाट पानी र माटो प्रयोग गरिएको थियो ।
