समाचारशनिबार, चैत्र २४, २०६९

स्ववियु निर्वाचन १३ जेठमा

हिमालखबर

त्रिवि कार्यकारी परिषद्को २४ चैतमा बसेको बैठकले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा १३ जेठमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्रिविका शिक्षाध्यक्ष गुणनिधी न्यौपानेका अनुसार २३ चैतमा बसेको त्रिविसभा बैठकले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट तथा उपाध्यक्ष र सहसचिव स्ववियु पदाधिकारीबाट चयन हुने प्रावधान राखिएको छ । त्यसैगरी बाँकी ५० प्रतिशत सदस्यहरु समानुपातिक पद्दतिबाट चयन हुनेछन् ।

नेविसंघको अनसन तोडियो
स्ववियु निर्वाचनको मिति घोषणासँगै निर्वाचनको माग गर्दै नेपाल विद्यार्थी संघले शुरु गरेको अनसन तोडिएको छ । त्रिवि प्रशासनले निर्वाचनको मिति तोकेपछि अनशन तोडिएको नेविसंघका नेता ऋषिकेश जंग शाहले हिमालखबरलाई बताए ।

११ दिनसम्म रिले अनसन गर्दा माग सुनुवाई नभएपछि नेविसंघका ५ जना विद्यार्थी २२ चैतदेखि उपकुलपति कार्यालय अगाडि आमरण अनसनमा बसेका थिए ।

शाहका अनुसार स्ववियु निर्वाचन तिथी र शैक्षिक क्यालेन्डर अनिवार्य लागु गर्ने सम्बन्धमा त्रिवि विद्यार्थी तथा खेलकुद शाखा प्रमुख गंगाबहादुर थापा र अनसनमा बसेका त्रिवि नेविसंघ ईकाई सभापति कैलाश कोइरालबीच लिखित सम्झौता भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>