समाचारशनिबार, चैत्र २४, २०६९

जिउँदै जलाइएकी महिलाको निधन

हिमालखबर

दाइजो कम ल्याएको निहुँमा आफ्नै पति तथा परिवारका अन्य सदस्यबाट शारीरिक तथा मानसिक यातना खेप्दै आएकी सप्तरी जिल्ला डिमन–३ की ३५ वर्षीया संयुक्ताकुमारी देवमाथि उनका परिवारका सदस्यहरुले १९ चैतमा आगो लगाएका थिए । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा २४ चैतमा उनको मृत्यु भएको छ ।

संयुक्ताको करिब ९० प्रतिशत शरीर जलेका कारण बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।

मृतकका बुबा जामुनप्रसाद चौधरीले दाइजोको निहुँमा छोरीका श्रीमान् शिवकुमार देव, देवर विनयकुमार देव र अशोककुमार देव तथा देउरानी कविता देवको मिलेमतोमा हत्या गरिएको भन्दै प्रहरीमा उजुरी हालेका छन् । तर मृतक संयुक्ताको परिवारले भने खाना पकाउँदा लुगामा सल्केको आगोले उनी घाइते भएको दाबी गरेका छन् ।

उपचारमा आफन्तजनबाट ढिलासुस्ती र हेलचेक्र्याई गरेको कारण मृत्यु भएको बताउँदै धरानस्थित चिकित्सकले थप उपचारका लागि अन्य स्थानमा पठाएको भए पनि आफन्तजनले उपचारका लागि अन्यत्र नलगेपछि उनको मृत्यु भएको माइती पक्षको आरोप छ ।

सप्तरीका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>