समाचारशनिबार, चैत्र २४, २०६९
महासमिति बैठकबाट समस्या अन्त्यः कोइराला
चितवनमा २४ चैतमा कांग्रेसका अगुवा कार्यकर्ताहरुसँगको भेटका क्रममा कांग्रेस सभापति कोइरालाले पार्टीभित्रका अधिकांश विवाद हल भइसकेको र यदि कुनै समस्या भए महासमिति बैठकले टुङ्ग्याउने बताएका छन् ।
२३ चैतदेखि चितवनमा रहेका कोइरालाले गुट उपगुटबाट माथि रहेर चुनावी माहोलमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।
राष्ट्रिय राजनीतिको विषयमा भएको अन्तक्र्रियामा उनले चुनावका लागि सरकार र दलले वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । कोइरालाले आन्दोलनरत दलहरुलाई चुनावी प्रक्रिया नबिथोल्नसमेत आग्रह गरेका थिए ।
