समाचारशनिबार, चैत्र २४, २०६९
झाले छोड्दैमा केही फरक पर्दैनः नेपाल
एमाले काठमाडौं क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै एमाले नेता माधवकुमार नेपालले एमाओवादीमा प्रवेश गरेर नेता रामचन्द्र झा नराम्ररी पछुताउनुपर्ने दिन आउने बताएका छन् । “कुनै व्यक्तिका पछि आम जनता लाग्दैनन्, व्यक्ति र नेता त आउँछ, जान्छ तर पार्टी रहिरहन्छ, त्यसकारण झाले पार्टी छाडेर केही फरक पर्नेवाला छैन,” नेपालले भने ।
उनले जातीय संघीयताका पक्षमा लागेर देश टुक्र्याउने कि बहुपहिचानसहित जातीय सद्भाव कायम राखेर मुलुकको राष्ट्रिय एकता वलियो बनाउने प्रश्न खडा भएको बताउँदै एमाओवादी ठूलो दल बने फेरि पनि मुलुकमा संविधान नबन्ने दाबी गरे ।
कार्यक्रममा नेता नेपालले नेपाल बार एशोसिएशनका अध्यक्ष हरिकृष्ण कार्कीलाई सम्मान गरेका थिए ।
