समाचारशनिबार, चैत्र २४, २०६९
बन्द फिर्ता लिन सरकारको आह्वान
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मावधप्रसाद पौडेलद्वारा २४ चैतमा जारी प्रेस विज्ञप्तिमा केही आन्दोलनरत राजनीतिक दलहरूको मोर्चाले आह्वान गरेको नेपाल बन्दको कार्यक्रमप्रति सरकारको ध्यानाकर्षण भएको जनाउदै वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सकिने उल्लेख गरिएको छ ।
सञ्चारमन्त्री पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संविधानसभाको निर्वाचन जतिसक्दो चाँडो सम्पन्न गर्ने काममा सरकार जुृटिरहेको र त्यसका लागि अहोरात्र तयारी गरिरहेको परिप्रेक्षमा सम्वाद, छलफल र परामर्शबाट नै कुनै पनि समस्याको समाधान गर्न सकिने हुँदा र सोका लागि सरकार सदैव खुल्ला रहेको छ ।”
रासस
