समाचारआइतबार, चैत्र २५, २०६९
‘अकुपाई बालुवाटार’ अभियानकर्ता पक्राउ
२५ चैत विहान बालुवाटार प्रधानमन्त्री निवास नजिकै राष्ट्र बैंक अगाडि नियमित धर्नामा बसेका बेला इशान थापालाई प्रहरीले पक्राउ गरि प्रहरी प्रभाग कमलपोखरीमा राखेको छ ।
आफूहरुलाई नियमित धर्ना बस्ने ठाउँबाट हट्न प्रहरीले दबाब दिएको र नमानेपछि पक्राउ गरेको थापाले बताए ।
बन्दको दिन भएकाले आज थोरै मात्रै धर्नाकारी रहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि प्रतिकार गर्दा जर्बजस्ती समातेर प्रहरी कार्यालयमा राखिएको थापाको भनाई छ ।
एक सय तीन दिन अघिदेखि दण्डहिनताको अन्त्य, महिला हिंसाका दोषिहरुलाई कार्वाही लगायतका माग राख्दै प्रधानमन्त्री निवास बालुवाटार नजिक ‘अकुपाई बालुवाटार’ अभियानकर्मीहरुले धर्ना दिंदै आएका छन् ।
