समाचारसोमबार, चैत्र २६, २०६९

काँग्रेस महासमिति बैठक शुरु

हिमालखबर

परासीस्थित आर्दश उच्चमाविमा काँग्रेस सभापति सुशील कोइरालाले २६ चैतमा महासमिति बैठक उद्घाटन गरेका हुन । कार्यक्रममा कांग्रेस कोषाध्यक्ष चित्रलेखा यादवले संविधानसभा पछिका चारवटा सरकार कम्युनिष्टहरुले नेतृत्व गर्दा संविधान बन्न नसेको दाबी गरिन् । संविधान नबनेको जिम्मेवारी एमाओवादी र काँग्रेसले लिनु पर्ने उनको भनाई थियो ।

अर्का नेता बिमलेन्द्र नीधिले काँग्रेसले गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता
र मिश्रित निर्वाचन प्रणालीलाई लिएर जनतामा जानुपर्ने धारणा राखे । उनले आफूहरू लोकतन्त्र र राष्ट्रियताको आधारमा संविधान लेख्ने पक्षमा रहेको तर एमाओवादी त्यसमा तयार नभएपछि संविधान बन्न नसकेको धारणा राखे ।

बैठकमा १३ सय महासमिति सदस्यहरुले भाग लिँदैछन् ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>