थप समाचारमंगलबार, चैत्र २७, २०६९
नयाँ वर्षमा साझा बस संचालन हुने
सोह्र वटा बस १ वैशाखबाट संचालन गर्न लागेको साझाका कार्यकारी अधिकृत पदमलाल महर्जनले जानकारी दिए । बस महाराजगञ्जदेखि लगनखेलसम्म तथा एयरपोर्टदेखि कलंकीसम्म संचालन हुनेछन् ।
पिक आवरमा १५–१५ मिनेटको फरकमा र अरु समयमा आधा–आधा घण्टामा बस छुट्ने पनि महर्जनले बताए । उनका अनुसार टिकट काटेर मात्रै यात्रा गर्न पाइने, बसको अगाडिको ढोकाबाट प्रवेश गरी पछाडिको ढोकाबाट निस्किने तथा अशक्त तथा महिला आरक्षण सिटको सही उपयोग गराइनेछ ।
