समाचारबुधबार, चैत्र २८, २०६९
ट्याक्टर दुर्घटनामा पाँचको मृत्यु
पाथीभरा दर्शन गरेर तल्लो फेदीबाट फर्केको ट्रयाक्टर २७ चैत साँझ देउरालीनजिक गुन्द्रेमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको हो । चारको घटनास्थलमै र एकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो ।
मृत्यु हुनेहरू सवै काठमाडौंका छन् । प्रहरी नायव उपरीक्षक गोविन्द आचार्यका अनुसार मृत्यु हुनेमा ईश्वरी थापा कलंकी, सुनधारास्थित हुलाक कार्यालयमा कार्यरत रेनु श्रेष्ठ, मैया बुढाथोकी, नाम नखुलेको दवाडीका थरकी एक महिला र बनेपा निवासी गिता थापा छन् ।
त्यसैगरी घाइते मध्ये छ जनाको अवस्था गम्भिर छ । ट्रयाक्टर चालक खेजेनिम–७ का भिमबहादुर शेर्पा फरार छन् ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
