समाचारबुधबार, चैत्र २८, २०६९
बस दुर्घटनामा दुईको मृत्यु
गाईघाटबाट फोक्सिङटारतर्फ जाँदै गरेको ना २ ख ५५०५ नम्बरको बस २८ चैतमा दुर्घटना हुँदा खोटाङको बतासे–१ का शुभराज राई(५०) र उदयपुरको खाँबु–२, छामलिङका विष्णु राई(४०)को ज्यान गएको हो । शुभराजको घटनास्थलमै र विष्णुको उपचारका लागि लैँजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बस चालक र सह–चालक फरार छन् ।
यमकुमार राई, उदयपुर
