समाचारबिहीबार, चैत्र २९, २०६९

चुनावको वातावरण बनाउन अनुरोध

हिमालखबर

चितवनको टिकौली चौरमा सुरु नेपाल स्काउटको दोश्रो राष्ट्रिय स्काउट ज्याम्बोरीको २८ चैत्रमा उद्घाटन गर्दै रेग्मी ।

चितवनको टिकौली चौरमा सुरु नेपाल स्काउटको दोश्रो राष्ट्रिय स्काउट ज्याम्बोरीको २८ चैत्रमा उद्घाटन गर्दै रेग्मीले चुनावको गतिविधीमा अवरोध नगर्न अनुरोध गरे । उनले युवा जनशक्तिलाई चुनावमा परिचालन गरी शान्ति र समृद्धिका लागि सबै अग्रसर हुनु पर्ने बताए ।

युवा बर्गलाई सक्षम बनाए पनि विविधकारणले विदेशिने गरेकाले अब राज्यको ध्यान युवा शक्तिमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका हुन् । ‘ राष्ट्रिय जनशक्तिको रुपमा चिनिने युवा बर्ग नै हो,’ उनले भने भयो,‘ त्यसैले समाज रुपान्तरणका लागि एउटा पक्षलाई मात्र ध्यान दिएर पुग्दैन,सबै पक्षमा केन्द्रित हुनु पर्छ ।’

देशको युवा विदेश पलायन हुने क्रमका बारेमा सम्बोधन गर्दै उनले देशको सामथ्र्य र पुंजीको रुपमा रहेका युवाहरुलाई सरकारले स्वदेशमै राख्ने ब्यवस्था मिलाउन युवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको बताए । २६ वर्ष पछि भएको नेपाल स्काउटको दोश्रो राष्ट्रिय ज्याम्बोरी २७ चैतमा चितवनमा सुरु भएको छ । रत्ननगर १ स्थित टिकौली चौरमा आयोजना भएको ज्याम्बोरी २ बैशाखसम्म चल्ने छ ।

ज्याम्बोरीमा पाँच हजार पाँच सय ९९ स्काउटकर्मी सहभागी छन् । नेपालका ५९ जिल्ला र बंगलादेश, भारत, फिनल्याण्ड, मलेशिया, जापान, पाकिस्तान, अमेरिका र लक्जेम्बर्गका स्काउटहरु सहभागी छन् ।

ज्याम्बोरीमा सहभागिहरुले जंगल भित्र विभिन्न ३० वटा साहसिक क्रियाकलाप र सांस्कृतिक कार्यक्रम देखाउने छन् । कार्यक्रम मार्फत बालबालिकालाई बढी भन्दा बढी नौलो अनुभव हासिल गर्ने स्काउटका आयुक्त श्रीराम लामिछानेले बताए । ज्याम्बोरीमा १२ देखि १६ बर्ष उमेरका बालबालिकाको सहभागिता रहको छ ।
-सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>