थप समाचारशुक्रबार, चैत्र ३०, २०६९

मृत्युपछि तपाईँको इमेल के हुन्छ ?

हिमालखबर

इमेल, इन्टरनेटको क्षेत्रमा सुपरिचित गुगलले मृत्युपछि आफ्ना प्रयोगकर्ताहरुलाई उनीहरुको मृत्युपछि अकाउण्ट कसैलाई जिम्मा दिने कि डिलिट गर्ने भन्ने छनोट गर्ने अवसर दिने व्यवस्था गर्दैछ । गुगलले युट्युब, तस्वीर सम्पादन गर्ने सफ्टवेयर पिकासा र ब्लगस्पटको आइडीमा समेत यो व्यवस्था गर्न लागेको हो ।

अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको गुगलले पासवर्ड विश्वासपात्रलाई दिने वा डिलेट गर्ने भनेर रोज्ने अधिकार प्रयोगकर्तालाई नै दिएको छ ।

इन्टरनेट मृत्युपछि मात्रै नभई यदि तपाईँलाई केही समय इन्टरनेटबाट टाढिन मन लाग्यो भने त्यो विकल्प रोज्ने अवसर दिन लागेको छ । इन्टरनेट प्रयोगकर्ताहरुको यस सम्बन्धमा रहँदै आएको गुनासोलाई ध्यान दिएर नै गुगलले यो व्यवस्था गर्न लागेको हो ।
डिलीट गुगलका अनुसार प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार तीन, छ, नौ वा बाह्र महिनामा आफ्नो अकाउण्टमा रहेका सूचना डिलिट गर्ने व्यवस्था लागू गराउन सक्दछन् । सूचना डिलिट गर्नुभन्दा अगाडि प्रयोगकर्तालाई इमेल वा अकाउण्टमा उल्लेखित फोन नम्बरमा एसएमएस गरेर जनकारी गराइन्छ ।
समाजिक सञ्जाल फेसबुकले पनि प्रयोगकर्ताको अकाउण्टमा भएका सामग्रीलाई उसको मृत्युपछि स्मरणीय बनाउने विकल्प तयार गरेको छ ।
स्रोतः बिबिसि

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>