समाचारशनिबार, चैत्र ३१, २०६९
प्रहरी र डाँका समुहबीच गोली हानाहान हुँदा एकको मृत्यु
नेपाल भारत सीमा क्षेत्रमा पर्ने रौतहटको बन्जाराहामा ३१ चैत विहान एक बजे डाका समूहले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीको जवाफी कारवाहीमा एक जनाको ज्यान गएको रौतहटका प्रहरी प्रमुख गोविन्दराम परियारले जानकारी दिए । मृतकको बाँकी पहिचान खुल्न सकेको छैन ।
भारतीय डाँका समुहले प्रहरीमाथि ७ राउण्ड तथा प्रहरी ११ राउण्ड गोली चलाएको थियो । प्रहरीले घटनास्थलबाट दुई कटुवा पेस्तोल र चार राउन्ड गोली समेत बरामद गरेको छ ।
अली असगर, वीरगञ्ज
