थप समाचारआइतबार, बैशाख १, २०७०
गर्भाधान लागि कालिकोटका गाई सुर्खेतमा
स्थानीय हिमचुली कृषि सहकारी संस्थाले सञ्चालन गरेको हिमचुली गाईपालन फर्मका गाई गर्भाधानका लागि समस्या भएपछि सुर्खेतमा पठाइएको हो । गर्भाधानका लागि साँढे नभएकाले कृत्रिम गर्भाधान गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख भीम बरालले जानकारी दिए ।
गाईफर्ममा हाल पाँचवटा जर्सी र दुईवटा होलेस्टन गाई छन् । संस्थाले एक वर्षअघि करिब रु १५ लाखको लगानीमा कपिलवस्तुबाट गाई ल्याई गाईपालन सुरु गरेको हो ।
