समाचारआइतबार, बैशाख १, २०७०
नयाँ वर्षमा नुहाउन जाँदा तीनको मृत्यु
नववर्षको उपलक्ष्यमा बागमती नदीमा नुहाउने क्रममा १ वैशाखमा तीन जनाको ज्यान गएको हो । मृत्यु हुनेमा वसन्तपुर गाविसका मुरारी झाका १४ वर्षीय छोरा कृष्ण , सुशील झाका १५ वर्षीय छोरा दीपक र सुवोध झा १४ वर्षीय छोरा रितेश रहेका छन् ।
उपचारको क्रममा तीनै जनाको गौर अस्पतालमा मृत्यु भएको पीडित परिवारले बताएका छन् । स्रोतका अनुसार अस्पताल ल्याउनु भन्दा पहिला नै उनीहरुको मृत्यु भइसकेको थियो । रासस
