समाचारआइतबार, बैशाख १, २०७०
एमाओवादी अध्यक्ष दाहालले चीनमा ककसलाई भेट्दैछन् ?
चीनका राष्ट्रपति सी जिन पिङ्तथा चिनिया“ कम्युनिष्ट पार्टीका महासचिवको निमन्त्रणामा दाहाल १ वैशाखमा भ्रमणमा गएका हुन । चीनमा रहँदा दाहालले राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङलगायत उच्च पदस्थ अधिकारीस“ग भेटवार्ता गर्ने कार्यक्रम छ । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुस“ग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो भ्रमण नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासमा केन्द्रित हुने बताए ।
दाहालले नेपाल र चीन सरकारबाट भ्रमणलाई आधिकारीकता प्रदान गरिएकाले आफूमा थप जिम्मेवारी बोध भएको धारणा राखे । उनले नेपालको विकास र स्थायित्वमा चिनिया सहयोग जुटाउन आफूले सक्दो पहल गर्ने दाबी गरे । चीन र भारतलाई एक अर्का विरुद्ध प्रयोग गर्ने पंचायतकालीन कुटनीतिले काम नदिने भन्दै अध्यक्ष दाहालले तीव्र आर्थिक विकासमा जुटेका दुई छिमेकी मुलकबाट नेपालले लिन सक्ने फाइदाका विषयमा भ्रमण केन्द्रित गराउने उल्लेख गरे ।
भारत र चीनको सहयोगबिना आगामी संविधानसभाको निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न नसकिने भन्दै अध्यक्ष दाहालले भ्रमणका क्रममा संविधानसभाको निर्वाचन सफल बनाउन चिनिया सहयोग जुटाउने बताए । उनले चीनपछि भारतको भ्रमण गर्नेछन् ।
दाहाल नेतृत्वको टोली आज चीनको दक्षिण–पश्चिम सहर छेङदुमा बस्ने छ । २ वैशाखमा उनले सिचुवान विश्वविद्यालयका विद्ववान, प्राज्ञ तथा विद्यार्थीसँग
अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यसै दिन अध्यक्ष दाहालले चीनको आधुनिक कृषि प्रणालीको अवलोकन गर्ने कार्यक्रम छ । ३ वैशाखमा बेइजिङ पुग्ने दाहालले ५ वैशाखबाट चनिया“ राष्ट्रपति सीलगायत अन्य उच्च नेताहरूस“ग भेटवार्ता गर्ने कार्यक्रम छ । ७ वैशाख दाहालसहितको टोली हङकङ हु“दै नेपाल र्फकनेछन् । भ्रमण टोलीमा अध्यक्ष दाहाल पत्नी सीता, स्वकीय सचिव तथा केन्द्रीय सदस्य चूडामणि खड्का, सन्तु दराई र अंगरक्षक दानबहादुर मल्ल छन् ।
