समाचारआइतबार, बैशाख १, २०७०
असारमा चुनाव हुँदैनः भट्टराई
पूर्व प्रधानमन्त्री भट्टराईले क्रान्तिकारी पत्रकार सङ्घ, काभ्रेले १ वैशाखमा बुडोलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै व्यावहारिक हिसाबले पनि अब असारमा निर्वाचन असम्भव रहेको बताएका हुन । यसअघि असारमा चुनाव गर्न सकिने बताउँदै आएका उनले संविधानसभाको दोस्रो निर्वाचन २०७० कात्तिक अन्तिम सात गर्नु पर्ने उल्लेख गरे ।
भट्टराईले दलहरूको सहमतिमा बनेको वर्तमान सरकारले नै निर्वाचनको मिति छिट्टै घोषणा गर्ने दाबी गरे । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले विभिन्न बहानामा निर्वाचन टार्ने स्थिति आए त्यसले अस्थिरता र खतरा उत्पन्न हुने धारणा राखे ।
कार्यक्रममा भट्टराईले मुलुकमा निर्दलीयताको कुनै सम्भावना नरहेको दाबी गरे ।
