समाचारसोमबार, बैशाख २, २०७०

राजनीतिक समितिको नेतृत्व आजबाट कांग्रेसको

हिमालखबर

आलोपालो गरी नेतृत्व गर्ने सहमति अनुसार उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आजबाट नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सम्हाल्ने भएका छन् ।

यसअघि एक महिना एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाले सम्हालेका थिए । उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आफ्नो जिम्मामा आए लगत्तै नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गरिरहेका दलहरुसँग छलफल गर्ने तयारी गरेको छ ।

कांग्रेस सभापति सुशील कोइरालाले यसअघि नै नेकपा–माओवादी र मधेशी जनअधिकार फोरम नेपाललाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने गरी वार्ता थाल्ने बताइसकेका छन् ।

राजनीतिक समितिको नेतृत्व कांग्रेसले लिए पनि एमाओवादी अध्यक्ष दाहाल नेपालमा नरहेकाले उनी नआउञ्जेल बैठक भने बस्ने छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>