थप समाचारसोमबार, बैशाख २, २०७०
महानगरपालिकाले घरका नक्सा कम्प्युटरमा राख्ने
काठमाडौं महानगरपालिकाले नक्सा प्रणालीलाई वैज्ञानिक बनाएर विश्वसनीय सेवा उपलब्ध गराउन घरका नक्साहरुलाई कम्प्युटरमा (डिजिटल कपी) राख्ने कार्य परीक्षणका रुपमा शुरु गरेको छ ।
प्रचलित नियमअनुसार सम्बन्धित घरधनी र भवनको स्वरुप तयार गर्ने इन्जिनियरको प्रतिबद्धतामा नक्साको दर्ता कार्य सफ्ट कपीबाट हुनेछ ।
महानगरपालिका नक्सा शाखाका प्रमुख उत्तर रेग्मीले सम्बन्धित वडाबाट सर्जमिन भएर आएका फाइललाई तत्काल कम्प्युटरमा प्रविष्ट गरी नेपाली कागजमा सम्बन्धित धनीको तस्बिरसहित प्रिन्ट गरेर दिने व्यवस्था मिलाइएको र यसले बन्ने घर तथा भवनको तथ्याङ्क विभिन्न प्रयोजनका लागि उपयोगमा ल्याउन सजिलो हुने बताए ।
सफ्टवेयर र आवश्यक सामग्री निर्माण र तालिमका लागि ६ महिनासम्म युएनडिपीले सहयोग उपलब्ध गराउने भएको छ ।
महानगरभित्र बन्ने नयाँ घरलाई व्यवस्थित गरी घरको पहिचानको लागि नयाँ ढंगले घर नम्बर प्रदान गरिने छ । अहिलेसम्म बनेका करिब एकलाख ५० हजार घरलाई पनि तीन वर्षभित्रमा नयाँ सफ्टवेयरको मिसिलमा व्यवस्थापन गरिने प्रमुख रेग्मीले बताए ।
रासस
