समाचारसोमबार, बैशाख २, २०७०

खाँदबारीमा आगलागीबाट पाँच करोडको क्षति

हिमालखबर

बिहान ३ बजे एक्कासी लागेको आगोबाट सदरमुकाम खाँदबारी–१ का कृष्णमान शाक्य, भरत श्रेष्ठ, रामकाजी राई, दिनेश श्रेष्ठ र रमेश लोहारको घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

पसलमा राखिएका इलेक्ट्रोनिक्स सामान र कपडा जलेर खरानी भएका छन् । कृष्णमानको नगद रु आठ लाखसमेत जलेको प्रहरी प्रमुख रुपम लामाले बताए ।

कृष्णमानको घरबाट बिहान करिब ३ बजेबाट शुरु भएको आगोलाई स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना र रेडक्रसको सहायतामा ८ बजे मात्रै नियन्त्रण लिन सकिएको थियो ।

नगरपालिकामा दमकल नभएका कारण स्थानीय व्यक्तिको घरबाट पानी ओसार्नु परेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>