समाचारसोमबार, बैशाख २, २०७०
हिमाल प्रभाव- धनुषाका ८७ जनाविरुद्ध मुद्दा
धनुषा जिल्ला विकास समितिका कर्मचारीलगायत विभिन्न योजनाहरुका सम्बन्धित पक्षले करोडौं रुपैयाँको भ्रष्टाचार गरेको भन्ने साप्ताहिक हिमाल खबर पत्रिकामा समाचार प्रकाशित भएको केही दिनमै अख्तियारले धनुषा जिविसका तत्कालिन एलडिओ महतो, लेखापाल चौधरी, लेखा अधिकृत मदनमोहन लालकर्ण, इञ्जिनियर विनोदकुमार ठाकुर, देवेन्द्र अधिकारी, ज्ञानेन्द्रकुमार देव, विन्देश्वर वनराइत सहित १६ जना कर्मचारीहरु र आयोजनाका पदाधिकारीसमेत गरी ८७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धनुषामा सडक निर्माण, मर्मत तथा अन्य पूर्वाधार विकाससम्बन्धी आयोजनाहरुका लागि निकास भएको रकम कर्मचारीहरुको मिलोमतोमा भ्रष्टाचार भएको बारे साप्ताहिक हिमाल खबरपत्रिकाले रिपोर्ट प्रकाशन गरेको थियो ।
धनुषा जिविसमा सञ्चालित विभिन्न योजनाहरुमा गुणस्तरहिन काम गरेको, मापदण्ड विपरित योजना सञ्चालन गरेको, झुटा बिलभर्पाई बनाई रकमको लेनदेन भएको पाइएको अख्तियारले जनाएको छ ।
