समाचारसोमबार, बैशाख २, २०७०

किरात वर्कस एमालेमा समाहित

हिमालखबर

किरात जनवादी वर्कर्स पार्टीका महासचिव हिमाल किरातीले २ बैशाखमा काँकडभिट्टामा एमालेद्वारा आयोजित कार्यक्रममा पार्टी संस्थागत ढङ्गले एमालेमा समाहित भएको घोषणा गरेका छन् । नेपाल र नेपाली जनतालाई शान्ति चाहिएको उल्लेख गर्दै किराँतीले शान्ति नै देश विकासको पूर्वाधार भएको बताए ।

विगतमा सशस्त्र आन्दोलनमा रहँदा अर्काको अधिकारहरण भएकामा वर्कसका महासचिव किरातीले क्षमायाचना समेत गरे ।

जनवादी वर्कस पार्टीले विगतमा सरकारसँग शान्तिवार्ता गरेको थियो । एमालेका केन्द्रीय सल्लाहकार सदस्य युवराज कार्की, झापा जिल्ला अध्यक्ष रवीन कोइरालालगायतले किरातीलाई अबिर लगाएर एमालेमा स्वागत गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>