समाचारसोमबार, बैशाख २, २०७०

अध्यक्ष रेग्मीद्वारा सडक विस्तारलाई तीव्रता दिन निर्देशन

हिमालखबर

अध्यक्ष रेग्मीले सार्वजनिक यातायातका साधन, विदेशी पाहुना, पर्यटक र सर्वसाधारणले प्रयोग गर्ने मूल सडकलाई पहिलो प्राथमिकतामा राखी काम गर्न समेत सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

२ बैशाखमा आफ्नै कार्यकक्षमा आयोजित उच्चस्तरीय सडक अनुगमन समितिका पदाधिकारीको वैठकमा अध्यक्ष रेग्मीले सडक छेउमा रहेका भौतिक संरचना भत्काउन तत्परता देखाए झँै सडक छिटो निर्माण गर्न पनि सम्बद्ध अधिकारीलाई आग्रह गरे । उनले काममा ढिला गर्ने निर्माण व्यवसायीमाथि कठोर कारबाही गर्न पनि मन्त्रालयका सचिवलाई निर्देशन दिए ।

अध्यक्ष रेग्मीले सडक निर्माण भइसकेपछि तुरुन्तै खम्बा हटाउने व्यवस्था मिलाउन तथा रातबिरात निजी संरचना तोडफोड नगरी सर्वसाधारणलाई सम्झाइबुझाई गरेर न्यून क्षति हुने गरी सडक विस्तारको कामलाई अभियानकै रुपमा सञ्चालन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

अध्यक्ष रेग्मीले पुरातात्विक वस्तुको संरक्षण गर्न, अदालतको आदेशको पालना गर्न, काठमाडौँ उपत्यकाभित्र हरियाली प्रवद्र्धन गर्न र प्रत्येक महिनामा नियमित समीक्षा बैठक गर्न पनि निर्देशन दिएका थिए ।

उच्चस्तरीय अनुगमन समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले हाल करिब २०० किमि सडक विस्तारको क्रममा रहेको र यस आवको अन्त्यसम्म करिब ९० प्रतिशत काम सम्पन्न हुने अनुमान रहेको बताए ।

बास्कोटाले राजधानीको सडक विस्तार कार्यमा सरकारी रु १० अर्ब र निजी क्षेत्रका तर्फबाट रु ३० अर्ब खर्च हुने अनुमान प्रस्तुत गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>