समाचारमंगलबार, बैशाख ३, २०७०
अमेरिकामा बम विस्फोट, आठ वर्षीय बालकसहित तीनको मृत्यु
बोस्टनमा म्याराथनका विजेताहरुले अन्तिम लाइन पार गरेको २ घण्टापछि भएको बम विस्फोटमा १ सय ३० भन्दा बढी घाइते भएको हफिङटन पोस्टले जनाएको छ । घाइते मध्ये १७ जनाको अवस्था गम्भीर छ ।
नेपाली समय अनुसार २ वैशाख राति १२ बजेर ५ मिनेट जाँदा विस्फोट भएको हो । विस्फोट हुँदा अमेरिकामा दिनको २:४५ बजेको थियो ।
विस्फोटपछि सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले विस्फोटनकारीले यसको महँगो मुल्य चुकाउनु पर्ने बताएका छन् । प्रर्याप्त तथ्यहरू फेला नपर्दासम्म कुनै पनि निश्कर्षमा पुग्न नहुने उनको भनाई छ ।
