थप समाचारमंगलबार, बैशाख ३, २०७०

बोस्टनमा विष्फोटपछि अमेरिकामा हाइ अलर्ट

हिमालखबर

अमेरिकाको बोस्टनमा बम विष्फोटपछि घटनाका पीडितहरुलाई श्रद्धाञ्जली दिन ह्वाइट हाउसको झण्डा आधा झुकाइएको छ । विष्फोटपछि पूरै शहरमा ‘हाइ अलर्ट’ घोषणा गरिएको छ, अस्पतालहरुमा पनि एफबीआईका गार्डहरु तैनाथ गरिएको छ ।

स्थानीय समय अनुसार सोमबार दिनको २:४५ मा विष्फोट भएको थियो । अमेरिकाको बोस्टनमा म्याराथन धावकहरुले समाप्ति रेखा पार गरे लगत्तै भएको विष्फोट पछि १०० मिटर पर अर्को विष्फोट भएको थियो । घाइते हुने प्राय सबैको खुट्टामा चोट लागेको छ । कतिपयका दुवै खुट्टा चोइटिएका छन र उनीहरुकहो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले अन्य दुईवटा बमहरुलाई निष्क्रिय पारेको समाचार एजेन्सीहरुले बताएका छन् । विष्फोटपछि न्यूयोर्क समेत ठूला शहरहरुमा ‘हाइ अलर्ट’ घोषणा गरिएको छ । केही समयका लागि बोस्टनको हवाइ सेवा पनि रोकिएको छ ।

११ सेप्टेम्बर २०११ मा भएको घटनापछि यो नै ठूलो विष्फोट भएको बताइएको छ । ११७ वर्षदेखि निरन्तर आयोजना भइरहेको ४२ किलोमिटरको बोस्टन म्याराथनमा यसपटक २६ देशका धावकहरुले भाग लिएका थिए ।

विष्फोटमा ‘हाई एक्सप्लोसिव’ प्रयोग भएको बोस्टन प्रहरीले जनाएको छ । अस्पताल पुर्‍याइएका घाइतेहरुको शरिरमा ‘बल बेयरिंग’ निकालिएको अस्पतालले जनाएको छ ।

प्रहरीले यसलाई आतंकवादी हमला बताए पनि अमेरिकी राष्ट्रपति बाराक ओबामाले अहिले नै कुनै निष्कर्षमा नपुग्न भन्दै घटनाको अनुसन्धानपछि मात्रै केही भन्न सकिने बताएका छन् । “यो घटनाका पछाडि जसको हात भए पनि अमेरिकाले उनीहरुलाई गिरफ्तार गरि छोड्नेछ,” ओबामाले भनेका छन् ।

अनुसन्धान एजेंसीहरुले यस विष्फोटका लागि दोषि अनुमान गरिएको एक अश्वेतको संदिग्ध स्केच जारी गरेको छ ।

एजेन्सी,  तस्बीरहरु: एपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>