समाचारमंगलबार, बैशाख ३, २०७०

एमाले पोलिटब्युरो– भट्टराई सरकारका निर्णय खारेजीको माग

हिमालखबर

फाइल तस्बीर

एमाले मुख्यालय बल्खुमा जारी बैठकमा सदस्यहरुले निर्वाचनलाई प्रभावित पार्नेगरी भट्टराई सरकारले गरेका राजनीतिक नियुक्तिहरु तत्कालै खारेज गरी नया“ नियुक्तिका लािग सरकारलाई दबाब दिनुपर्ने बताएको प्रदीप ज्ञवालीले बताएका छन् ।

त्यस्तै उच्चस्तरीय राजनीतिक संयन्त्रले अख्तियारको प्रमुखमा पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई नियुक्त गर्न सिफारिस गरेकोप्रति आपत्ति जनाएका छन् । उनीहरुले अख्तियार तथा रायमाझी आयोगले नै दोषी ठहर गरेका व्यक्तिलाई पुन: नियुक्तिका लागि सिफसिर गर्न नहुने भन्दै तत्काल सच्याउन संयन्त्रका सदस्य एवं पार्टी नेतृत्वलाई दवाव दिएका छन् । बैठकमा असारमा हुने भनिएको निर्वाचन तयारीका बारेमा सरकार र आयोगस“ग औपचारिक धारणा माग गर्ने बारे पनि छलफल भएको छ ।

निर्वाचन रणनीतिबारे यसअघिको बैठकमा छलफल भए पनि ठोस कार्यक्रम तय हुन सकेको थिएन । पार्टीभित्रको रिक्त स्थान पूर्ति, मनोनयनलगायतका एजेन्डाहरु पनि पटकपटक था“ती रह“दै आएका छन् । बैठकले थाँती रहेका एजेन्डालाई पनि टुंगोमा पुर्‍याउने पोलिटब्युरो सदस्य ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी बैठकले अन्य पार्टी परित्याग गरेर एमालेमा प्रवेस गर्ने नेता तथा कार्यकर्ताहरुको जिम्मेवारीलगायतका विषयमा पनि छलफल गर्नेछ । संविधानसभा निर्वाचनमा क्षेत्र निर्धारण, निर्वाचन आयोगले प्रस्ताव गरेको थ्रेस होललगायतका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ ।

एमालेमा आठौं महाधिवेशनको चार वर्ष बितिसक्दा पनि पा“च प्रतिशत केन्द्रीय सदस्य मनोनयनको एजेन्डामा छलफल हुन सकेको छैन । बैठकमा आगामी केन्द्रीय समितिका एजेन्डाबारे पनि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>