समाचारमंगलबार, बैशाख ३, २०७०

नेपाली नक्कली नोट सहित एक जना पक्राउ

हिमालखबर

विरगञ्ज प्रहरीले इनर्वा गाँउका ४५ वर्षीय वहिद अन्सारीलाई एकलाख ३८ हजार नेपाली नक्कली रुपैयाँसहित पक्राउ गरेको छ ।

अन्सारीका साथबाट पाँच सय र एक हजार दरका नेपाली नक्कली नोट  एक लाख ३८ हजार  बरामद भएको प्रहरी नायव उपरीक्षक सञ्जीव सिंह थापाले बताए ।

बिशेष सुराकीको आधारमा अञ्चल प्रहरी कार्यालय वीरगञ्जबाट खटिएको प्रहरीको बिशेष टोलीले अन्सारीलाई रानीघाटबाट नेपाली नक्कली नोट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीलाइ अहिले अन्चल प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
अली असगर, बीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>