समाचारमंगलबार, बैशाख ३, २०७०
दुर्घटनामा पर्यटक गाईडको मृत्यु
जलविरेमा गुडिरहेको बा १ ञ ८८७ नम्बरको पर्यटक गाडीमा भीरबाट खसेको ढुङ्गा लागेर पर्यटक गाइड सिन्धुपाल्चोकका सन्तोष तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुईजना क्यानेडियन पर्यटक र गाडी चालकको भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाण्डौबाट चितवन पुगेर पोखरा जाँदै गरेको गाडीमा सडकमाथिबाट खसेको ढुङ्गा लागेको थियो ।
