समाचारमंगलबार, बैशाख ३, २०७०
अध्यक्ष रेग्मीलाई तीन राजदूतले भेटे
इजिप्ट र कतारका राजदूतद्वय मुस्तफा गेन्डी र अहमेद जासिम मोहमेद अलि अल हमिद तथा साउदी अरेबियाका कार्यवाहक राजदूत अदनन अलिअल हुमादीले अध्यक्ष रेग्मीलाई भेटेर आ–आफ्ना सरकारकातर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राजदूत गेन्डीले आफूहरूले संविधानसभाको सफल निर्वाचनको कामना गर्दै त्यसमा कसरी सघाउन सकिन्छ भन्नेबारेमा छलफल गरेको बताए ।
भेटमा द्विपक्षीय सम्बन्ध विस्तार एवम् आपसी चासोका विविध विषयमा विचारविमर्श भएको पनि राजदूत गेन्डीले जानकारी दिए ।
रासस
