समाचारमंगलबार, बैशाख ३, २०७०

इरानमा ७.८ रेक्टर स्केलको भूकम्प

हिमालखबर

ईरानको प्रेस टीभीका अनुसार भूकम्पबाट कम्तीमा पनि ४० व्यक्तिको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । मृतकको संख्या अझै धेरै बढ्ने अनुमान गरिएको छ ।भूकम्पको केन्द्रविन्दु पाकिस्तानको सिमाना नजिक पर्ने इरानको खाश सहरदेखि ८६ किलोमिटरको दूरीमा रहेको छ ।

भूकम्पको धक्का खाडी मुलुकहरु, पूर्वी एसिया र भारतमा समेत महशुस गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । भुकम्पबाट भएको क्षतिको बारेमा अझै विस्तृत विवरण आइसकेको छैन ।

यसअघि दक्षिण पश्चिम इरानमा १० अप्रिलमा गएको ६.३ रेक्टर स्केलको भूकम्पमा परी कम्तिमा ३७ जना मारिनुका साथै ८५० जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>