समाचारबुधबार, बैशाख ४, २०७०
कुलेखानी जलविद्युतमा आगलागी, करोडौँको क्षति
गए राति ११:४५ बजे टासफर्मरमा भएको आगलागीबाट २५ करोड मूल्यबराबरको नोक्सान भएको आयोजना प्रमुख कृष्णप्रसाद यादवले जानकारी दिए । आगलागीका कारण कुलेखानी दोस्रोबाट उत्पादन हुने ३२ मेगावाट विद्युत् उत्पादन हिजो रातिबाटै अवरुद्ध भएको आयोजनाका प्रशासकीय अधिकृत शारदाविक्रम मल्लले बताए ।
आयोजनाबाट उत्पादित बिजुली जलेको टासफर्मरबाट काठमाडौँको केन्द्रीय विद्युत् ग्रीकमा जोडिने गरेको छ । नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दा, चितवन, वीरगन्ज र हेटौँडाका दमकलले करिब दुई घण्टापछि आगो निभाइएको थियो ।
