समाचारबुधबार, बैशाख ४, २०७०
सरकार र कांग्रेसबीच छलफल
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसहितका नेताहरुले ४ बैशाख बिहान अध्यक्ष खिलराज रेग्मीलाई भेटेर आन्दोलनरत दलहरुसँग गम्भीर वार्ता गरी तत्काल चुनावी वातावरण बनाउन आग्रह गरेका छन् ।
अध्यक्ष निवास बालुवाटारमा भएको भेटवार्तामा नागरिकता वितरण र मतदाता नामवाली संकलन कार्यलाई तीव्रता दिएर विशेष अभियान सञ्चालन गर्न काँग्रेसका नेताहरुले सुझाव दिएका थिए ।
सो अवसरमा चुनावी महौल बनाएर अगाडि बढ्ने सिलसिलामा कुनै बाधाअडचन र अवरोध आए उच्चस्तरीय संयन्त्रले सुल्झाउन थप प्रयत्न गर्नेतर्पm समेत कांग्रेसले अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराएको थियो ।
अध्यक्ष रेग्मीले निर्वाचनको मिति घोषणापूर्व गर्नुपर्ने आवश्यक गृहकार्य र वातावरण बनाउन नेपाली कांग्रेसले विशेष सक्रियता देखाउनुपर्ने बताएको बुझिएको छ ।
चुनाव र सरकार गठनका विषयमा टिकाटिप्पणी गरिरहेका नेकपा–माओवादी र मधेशी जनअधिकार फोरम नेपालसँग तत्कालै औपचारिक वार्ता गर्न कांग्रेसले सुझाव दिएको छ ।
रासस
